काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्ला दिनमा संवैधानिक निकायका निर्णय र कृयाकलापबाट जनता निराश भएको भन्दै देशलाई सुशासनतर्फ लैजानुपर्नेमा जोड दिएका छन् ।
नेता पौडेलले देश र जनतालाई सुशासन दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायको निष्पक्षता, तटस्थता र स्वतन्त्रता अपरिहार्य रहेको उल्लेखसमेत गरेका छन् ।
उनले त्यसका लागि संविधानले तोकेको मापदण्डबाट यताउति नगरी संवैधानिक परिषदले समाजका विश्वसनीय र भरपर्दा व्यक्ति खोजेर आयोगहरुका प्रमुख आयुक्त र आयुक्तहरु नियुक्त गर्नुपनेमा जोड दिएका छन् ।
नेता पौडेलले ‘प्रधानमन्त्री, विपक्षी दलको नेता वा सभामुखले आफ्नै अनुकुलका मान्छे खोज्न लाग्ने हो भने आयोगहरुको औचित्य रहन्न’ भनी स्पष्ट पारेका छन् ।