बेइजिङ । हङकङमा पक्राउ परेका १२ अधिकारीका बिषषयमा संयुक्त राज्य अमेरिकाले निन्दा गरेपछि चीनले अस्वीकार गरेको थियो । तर, नियन्त्रणमा लिइएका ती १२ जनालाई चीनले हालै पृथकतावादी घोषणा गरेको छ ।
साउथ चाइना मोर्निंग पोस्टका अनुसार बेइजिङको विदेश मन्त्रालयले गत वर्षको सरकारविरोधी प्रदर्शनमा संलग्न फरार युवाहरुलाई अलगाववादी र पृथकतावादीको संज्ञा दिइएको छ ।
“तिनीहरू कानुन बमोजिम आपराधिक हिरासतको अनिवार्य मापदण्डको अधीनमा छन् । मुद्दाको अनुसन्धान भइरहेको छ । सार्वजनिक सुरक्षा अधिकारीहरूले कानून बमोजिम संदिग्ध व्यक्तिको वैध अधिकारको रक्षा गर्नेछन्,” शेन्जेन सार्वजनिक सुरक्षा ब्यूरोको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नियन्त्रणमा लिइएकामध्ये ११ जना पुरुष र १ महिला रहेका छन् । उनीहरुको उमेर १६ देखि ३३ वर्षसम्मका रहेका छन् ।
यद्यपि परिवारका सदस्यहरूले भनेका छन् कि उनीहरूलाई वकिलहरुले भेट्न पनि पाएका छैनन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चियाङले एक ट्वीटमार्फत हङकङलाई उनीहरुले अलग गर्न प्रयास गरेको बताएका थिए ।
परिवारका सदस्यहरूले गरेका दाबीको प्रतिक्रियामा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले सेप्टेम्बर ११ मा भनेका थिए, “ हङकङका १२ प्रजातान्त्रिक आन्दोलनकारीलाई दुई हप्ताअघि हङकङको समुद्री किनारमा ग्वांगडोंङ समुद्री प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई आफ्ना वकिलहरूको पहुँच अस्वीकार गरिएको छ । संयुक्त राज्य अमेरिका यसबारेमा गम्भीर र चिन्तित छ ।"