कावासोती । पूर्वी नवलपरासीमा सबैभन्दा धेरै कोरोना संक्रमित २१ देखि ३० वर्ष उमेर समुहका रहेका पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आईतवार साँझ उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा धेरै कोरोना संक्रमित २१ देखि ३० वर्ष उमेर समुहका ७६ महिला र १९२ पुरुष गरि जम्मा २ सय ६८ जना रहेका छन् भने सबैभन्दा कम ०-१० उमेर समुहका १० बालिका र १७ बालक गरि २७ जना रहेको जनाईएको छ ।
यस्तै ११-२० उमेर समुहका १०७ जना, ३१-४० उमेर समुहका २२३ जना ४१-५० उमेर समुहका ११५ जना, ५१-६० उमेर समुहका ६५ जना, ६१-७० उमेर समुहका ३३ जना र ७० वर्ष माथिका संक्रमित २२ जना रहेको जनाईएको छ ।
यसैगरि जिल्लामा १८ वर्षसम्मका संक्रमित बालबालिकाको संख्या ८६ जना रहेको जनाईएको छ । ५९ जना बालक र २७ जना बालिका गरि कुल ८६ जनामा हालसम्म कोरोना भाईरसको संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।
यो समाचार तयार पार्दा सम्म जिल्लामा कुल संक्रमितको संख्या २ सय ३९ महिला र ६ सय २१ पुरुष गरि ८६० पुगेको छ । कुल संक्रमित मध्ये ५ सय ४४ जना संक्रमण मुक्त भईसकेका छन् भने ३ सय १० जना जिल्लाका विभिन्न आईसोलेसनमा रहेका छन् । हाल सम्म जिल्लामा ६ जना कोरोना संक्रमितको निधन भई सकेको छ ।आईसोलेसनमा बस्नेको संख्या बढदै
जिल्लामा कोरोना संक्रमित बढदै गए सँगै होम आईसोलेसनमा बस्नेको संख्या पनि बढदै गएको छ । हाल सम्म जिल्लामा होम आईसोलेसनमा बस्नेको संख्या २०४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो समय स्वास्थ्य मन्त्रालय लगाएतका सरोकारवाला निकायले होम आईसोलेसनमा बस्न आग्रह गरे संगै लक्षण नभएका संक्रमित होमआईसोलेसनमा बसेका हुन ।
यस्तै जिल्लाको एक मात्र अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालयको आईसोलेसनमा ७१ जना, मध्यविन्दु जिल्ला अस्पतालमा ७ जना र जिल्ला बाहिरको अस्पतालमा २८ जना संक्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।