arrow

आइपीएलमा दिल्ली–हैदराबाद भिड्दै, के होला सन्दीप लामिछानेको ?

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
sandeep-lamichhene-delhi1.jpg

काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेटमा मंगलबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदाराबाद भिड्दै छन् । 

लगातार दुई जितसहित दिल्ली शीर्ष स्थानमा छ । हैदरावादले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । दिल्ली शीर्ष स्थानको पकडलाई बलियो बनाउन चाहन्छ । 

हैदराबाद पुछारमा छ । खाता खोल्न चाहन्छ । गत सिजनमा निकै संघर्ष गरेको दिल्ली यसपटक सुरुआती खेलहरुमा चम्किएको छ । हैदराबाद संघर्षरत छ । 

अंक तालिका 
बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा पुगेको छ । दुवै खेल जितेको दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

पंजाब, मुम्बई, कोलकाता नाइट राइडर्स र चेन्नईको समान २–२ अंक छ । सनराइजर्स हैदरावाद अंकविहीन रहँदै पुछारमा छ । 

सन्दीप लामिछानेको के होला ? 
दिल्लीसँग आवद्ध सन्दीप लामिछाने यो खेलमा पनि खेल्ने सम्भावना कम छ । सुरुका दुई खेल खेल्न नपाएका सन्दीपले यो खेल पनि खेल्ने सम्भावना कम भएको हो । 

टिम सेट भइसकेको अवस्थामा अहिले सन्दीपलाई ल्याएर कुनै चुनौती भोग्न प्रशिक्षकले चाहेका छैनन् । 

तेस्रो पटक आइपीएलमा सहभागी सन्दीपले असअघि पहिलो पटकमा ३ खेल र दोस्रो पटकमा ६ खेलमा सहभागीता जनाएका थिए ।


 



लोकप्रिय समाचार
नयाँ