arrow

ज्योतिको गीत प्रेम र वेदनाको कथा, बेलायतमा रोमान्स (भिडियो)

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
jyoti.PNG

काठमाडौं । गीतकार ज्योति गुरुङको शब्द रहेको ‘यो कस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएकी गीतकार गुरुङले आगामी दिनमा गीत तथा साहित्य शृजनामा निरन्तरता दिने बताइन ।

‘यो कस्तो माया’ सार्वजनिक गरेसँगै आँफु अझै साहित्य शृजनामा लाग्न हौसिएको प्रतिक्रिया दिइन । 

गुरुङको आफ्नै च्यानल जेजी क्रियशनबाट सार्वजनिक भिडियोले प्रेम वियोगको कथालाई मर्म स्पर्शी ढंगले प्रस्तुत गरेको छ । जसमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको छ । अर्जुन सुनमको संगीत गीतमा एरेन्ज बिबी अनुरागीको रहेको छ ।

निर्देशक कुशल श्रेष्ठले प्रेम र वेदनालाई भिडियोमा कलात्मक ढंगले देखाएका छन् । जसमा एउटी नारी आर्दश प्रेमको विश्वासमा परेर पुरुषबाट पाएको धोकालाई जिवन्त शैलीमा देखाइएको छ ।

भिडियोमा अभिनेता ध्रुब दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय रहेको छ । बेलायतमा नै छायांकन गरिएको भिडियोको छायांकन, सम्पादन पनि निर्देशक श्रेष्ठकै हो ।



लोकप्रिय समाचार
नयाँ