arrow

भवन निर्माणपछि लागत स्टिमेट तयार, अनियमितता लुकाउन संचालकद्वारा गरिएको कृते काम उजागर 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ असोज १३ मंगलबार
sanakishan.jpg

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास स्थित साना किसान  सहकारीले भवन निर्माण कार्यमा गरेको अनियमितता ढाकछोप गर्न निर्माण सम्पन्न  पछि कृते लागत स्टिमेट तयार गरि नियोजित रुपमा गरेको भ्रष्टाचार लुकाउन योजना बनाउदै गरेको  तथ्य उजागर भएको छ । 

पुनर्वास नगरपालिका ५ स्थित साना किसान सहकारी संस्थाको भवन गत  बैशाखमै सम्पन्न भइ असारमा हस्तान्तरण गरिए पनि संचालक समितिले ०७७ भदौ ११ गते निर्माण सम्पन्न भवनको लागत स्टिमेट तयार पार्न प्रस्ताव पेश गरेको तथ्य उजागर भएको छ । 

भवन निर्माण हुनु अगावै लागत स्टिमेट तयार पारी सार्वजनिक खरिद ऐन अनुसार टेन्डर आव्हान गरि दुई वा सो भन्दा बढी निर्माण कम्पनी बीच प्रतिस्पर्धा गराइ घटी रकम कबुल गर्ने निर्माण कम्पनी लाई ठेक्का सदर गर्नु पर्ने नियम भए पनि सहकारीको संचालक समितिले नियोजित रुपमा नियम मिचेर काम सुरु गरेपछि अनियमितताको आरोप खेप्दै आएको छ । 

नियम र प्रक्रिया बिपरित सहकारी संचालकहरुले भवन निर्माण गरि अनियमितता गरेको सम्बन्धी विभिन्न सञ्चार माध्ययममा समाचार संप्रेषण पछि कैलालीको धनगढी स्थित सेरा इन्जिनियरिङ कन्सल्टेन्सीबाट लागत स्टिमेट तयार पारिएको छ । 

भवन निर्माण कार्य सम्पन्न भए पश्चात संचालक समितिको बैठकमा प्रस्ताव लगि निर्णयनै नहुँदै  लागत स्टिमेट  तयार पारिए पछि आर्थिक अनियमितता लुकाउन एक पछि अर्को निर्णय गरिदै आएको आफ्नो नाम नबताउने शर्तमा एक सदस्यले बताए । 

सहकारीको माथिल्लो तलामा सामान्य २ कोठा, एक बैठक हल, एक किचेन र एक शौचालय, तीन तिर पर्खाल निर्माण गर्ने नाममा सार्वजनिक खरिद ऐंन र संस्थाकै आर्थिक तथा प्रशासनिक नियमावली मिचेर  ४५ लाख ९ हजार ५ सय २५ रुपैयाँ बराबरको बजेट चिनजानका स्थानीय जोगाराम चौधरीलाई ठेक्का दिइएको थियो । 

सहकारीले भवन निर्माण पश्चात् लागत स्टिमेट तयार गर्नु विधि र प्रकृया बिपरित भएको पुनर्वास नगरपालिकाका सहकारी फाँटको जिम्मेवारी पाएका अधिकृत धौलराम सार्कीले बताए ।

 उक्त सहकारीको सम्बन्धमा अख्तियार दुरुपयोग आयोगको महेन्द्रनगर स्थित कार्यालयमा उजुरी परेको र अख्तियारबाट नगरपालिकालाई निर्देशन तथा परिपत्र न आइ पुगेकाले  केही गर्न नसकिएको अधिकृत सार्कीले बताए । अख्तियारबाट परिपत्र आए पछि सो सम्बन्धमा आबश्यक कदम चालिने उनले बताए ।



लोकप्रिय समाचार
नयाँ