arrow

उदय शमशेरको प्रश्न, 'महेन्द्र बहादुर पाण्डे नेपालको राजदुत की चीनको?'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १३ मंगलबार
uday-samser-rana.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले विदेशमा रहेका हाम्रा राजदुतहरुले राष्ट्रिय हितका रुपमा सेवा गर्दै हाम्रो देशको पक्षमा बोल्नुको सट्टा राजदुत भएको देशको पक्षमा बोल्दै आएको बताएका छन्।

चीनका लागि नेपाली राजदुत महेन्द्र बहादुर पाण्डेले दिएको कुटनीतिक मर्यादाको टिप्पणीप्रति देशभित्र आलोचना भइरहेका बेला पूर्व अर्थराज्यमन्त्री समेत रहेका कांग्रेस नेता राणाले राजदुतले आफूले गर्नुपर्ने भन्दा ठ्याक्कै उल्टो काम गरेको टिप्पणी गरेका हुन्। 

चीनसँगको सीमा विवाद नभएको तथा अहिले मिडियामा आइरहेको विषय भारतको इसारामा प्रोपोगण्डाको रुपमा आइरहेको राजदुत पाण्डेले चिनियाँ संचार माध्यम ग्लोवल टाइम्सलाई अन्तर्वार्ताका क्रममा बताएका थिए। 

एक देशको राजदुत भएर गएको मान्छेले अर्को देशको बारेमा बोल्ने कार्यलाई कुटनीतिक बृत्तमा गैरकुटनीतिक आचरका रुपमा लिने गरिन्छ । 

नेपाली राजदुत पाण्डेको अभिव्यक्ति सोहि गैरकुटनीतिक प्रकृतीको भएको र अर्को छिमेकी देशसँगको परम्परागत सम्वन्धलाई विगार्न खोजेको रुपमा हेरिएको छ। 

हाम्राकुरासँग कुरा गर्दै कांग्रेस नेता राणाले नेपालको राजदुतको रुपमा काम गर्नुपर्नेमा राणाले सो भूमिका निभाउन नसकेको बताए। उनले भने, 'जुन देशमा गयो त्यहि देशको राजदुत जस्तो व्यवहार गर्नेकी नेपालको राजदुत भएर बस्ने।'



लोकप्रिय समाचार
नयाँ