कोहलपुर । बाँकेमा मंगलबार थप दुई जना कोरोना संक्रमित मृत्यु भएको छ ।
मृत्य् हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए ।
योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।