arrow

बीस हजार नाघे कोरोनाका सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा १५ सय ५३ जनामा पुष्टि

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १३ मंगलबार
corona-nepal-ministry.JPG

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित १५ सय ५३ जना फेला परेका छन् ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयले मंगलबार गराएको जानकारी अनुसार संक्रमितको उक्त सँख्या फेला परेको हो ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार पुष्टि भएका संक्रमित सँगै नेपालमा कोरोना संत्रमितको सँख्या ७६ हजार २ सय ५८ पुगेको जानकारी गराए ।

उनका अनुसार मुलुकमा हाल २० हजार ३ सय ८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

सरकारले काेराेना संक्रमित सँख्या २५ हजार नाघेपछि फरि लकडाउन वा निषेधाज्ञा गर्ने संकेत यसअघि नै गरिसकेकाे छ ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोनाका विरामी निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने विरामीसँगै नेपालमा संक्रमण मुक्त हुनेको सँख्या ५५ हजार ३ सय ७१ जना पुगेको मन्त्रालयले जानकारी गराएको छ ।

मंगलबार पछिल्लो २४ घण्टामा नेपालमा कुल पीसीआर परिक्षण १० हजार ८ सय ९१ स्वाब गरिएका थिए ।

हालसम्म नेपालमा कुल १० लाख ९ हजार २ सय ९८ स्वाब परिक्षण गरिएको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
नयाँ