कपिलवस्तु । मंगलबार कपिलवस्तुमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।
यसरी संक्रमित हुनेमा वाणगगा नगरपालिकामा ११ जना बुद्धभूमी नगरपालिकामा ३ जना र शुद्धोधन गाउंपालिकामा २ जना गरी १६ जना कोरोना संक्रमित पुष्ठी भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
योसंगै कपिलवस्तुमा संक्रमितको सख्या १ हजार ३ सय ३४ पुगेको छ । १ हजार २ सय २४ जना निको भएका छन भने ७९ जना संक्रिय संक्रमित रहेका छन् ।