कपिलवस्तु । कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ ।
उनी गत शनिबार साँझ घरबाट घुम्नभनी निस्केका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा मंगलबारफेला परेका जानकारी दिए ।
उनले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताए ।