arrow

आईपीएलः लाग्यो दिल्लीको जितमा पूर्णविराम 

logo
प्रकाशित २०७७ असोज १४ बुधबार
ipl-delhi.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएली टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सको जितमा पूर्णविराम लागेको छ । अबुधाबीमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग पराजित भएको हो । 

शेख जायद स्टेडियममा हैदराबाद १५ रनले विजयी भएको हो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले ७ विकेटको नोक्सानीमा १ सय ४७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन बनाए । दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले  ४ विकेटको नोक्सानीमा १ सय ६२ रन बनाएको थियो । जोनी बेयरस्ट्रोले ४८ बलमा ५३ रन बनाए । कप्तान डेभिड वार्नरले ४५ तथा विलियम्सनले ४१ रन बनाए ।

दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २–२ विकेट लिए ।

जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । पहिलो जित निकालेको हैदराबाद छैटौं स्थानमा  उक्लेको छ । यसअघिका खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले तथा कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।

यसअघि किंगस इलाभेन पंजाब र चेन्नई सुपर किंगसलाई हराएको दिल्लीले हैदराबाद सामु घुँडा टेकेको हो । 

पाएनन् खेल्न सन्दीप लामिछाने 
नेपाली लेग स्पिनर सन्दीप लामिछाने  यो खेलमा पनि खेल्न पाएनन् । लगातार तेस्रो खेलमा उनी खेल्न नपाएका हुन् । उनले अबको खेलमा खेल्ने आश गर्न सकिन्छ । 

तेस्रो पटक खेल्दै गरेका सन्दीपले पहिलो पटक जम्मा ३ खेल र दोस्रो पटक ६ खेल खेलेका थिए । 

अंक तालिका 
पहिलो हारले दिल्ली ४ अंकबाट दोस्रो स्थानमा झरेको छ । राजस्थान रोयल्समात्र अपराजित टिम बनेको छ । राजस्थानको २ खेलबाट ४ अंक छ । 

रोयल च्यालेन्जर्स बैंगलोरको पनि ३ खेलबाट ४ अंक छ । बाँकी सबै टिमको २ अंक छ । 

बुधबारको खेल 
बुधबार राजस्थानले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । 

खेल दुबाई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुँदैछ । 

खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ । 



लोकप्रिय समाचार
नयाँ