काठमाडौं । बलिउडमा ड्रग्सको मामिलाले निकै गर्मी बढेको छ । सुशान्त सिंह राजपूतको मृत्युपछि अनुसन्धानका क्रममा ड्रग्स मामिला सामुन्ने आएको हो ।
यही मामिलामा जाँच गर्ने क्रममा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर रकुलप्रीत सिंहको बैंक खाताबाट भएको लेनदेनको समेत जाँच गर्ने भएको छ ।
यी अभिनेत्रीहरुसँग एनसीबीले ह्वाट्सएप च्याटका बोरमा सोधपुछ गरिसकेको छ । मिडिया रिपोर्ट अनुसार अब यिनीहरुले ड्रग्स किन्नका लागि कुनै ट्रान्जेक्सन गरे कि गरेनन् भनी जाँच एनसीबीले बुझ्नेछ ।
चारै अभिनेत्रीहरुले पछिल्ला तीन वर्षमा क्रेडिट कार्ड मार्फत गरिएको कारोबारको जाँच गर्नेछ ।
बलिउडका कयौं ठूला निर्माता पनि मुछिएका छन् । तर एनसीबीले सोधपुछ गरेर उनीहरुलाई हरियो झण्डा देखाइदिएको छ ।
रियाको जमानतमा सुनुवाई
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको जमानतबारे बुधबार सुनुवाई हुँदैछ । ड्रग्स मामिलामा गिरफ्तार परेकी रिया र उनका भाइ शोविकको जमानतबारे बुधबार मुम्बई हाइकोर्टमा सुनुवाइ हुनेछ ।
रियाले नै नाम लिएपछि चार अभिनेत्रीहरु यो मामिलामा मुछिएका हुन् ।