काठमाडौं । कुबेतमा नयाँ राजा चयन भएका छन् । शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका हुन् ।
यसअघि कुवेतीराजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१ बर्षको उमेरमा गत हप्ता निधन भएपछि शेख नवाफ राजा चयन भएका हुन् ।
सन् १९६३ देखि २००३ सम्म विदेश मन्त्री समेत रहेका राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हालेका थिए ।
अब भने सन् २००६ देखि राजाको उत्तराधिकारीको रुपमा काम गरेका शेख नवाफ नयाँ शासकको रुपमा चयन भएका हुन् ।
सुरक्षाको क्षेत्रमा लामो समय काम गरेका शेख नवाफ राजा चयन भएलगत्तै आगामी हप्तादेखि कुवेतमा उनका उत्तराधिकारीको बारेमा छलफल हुने बताइएको छ ।