सभापति देउवाविरुद्ध कांग्रेसका २७ नेताले बुझाएको ज्ञापनपत्रमा के छ ?
प्रकाशित २०७७ असोज १२ सोमबार
49
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरु गरी २७ जनाले पार्टी विधिसम्मत संचालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सृजना गर्न माग गर्दै सभापति शेरबहादुर देउवाविरुद्ध ज्ञापनपत्र बुझाएका छन् ।
पार्टी विधिसम्मत नचलेको र फागुनमा गर्नुपर्ने १४ औं महाधिवेशन आलटाल गरेको भन्दै विधिसम्मत गई महाधिवेशन गर्न माग गर्दै पार्टी कार्यालयमा ज्ञापनपत्र दर्ता गराएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसी, पूर्व सहमहामन्त्री डा. रामशरण महतसहित २७ जनाले ज्ञापनपत्र बुझाएका हुन् ।