दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले ४१ किलो सुतुवा सहित बाबु–छोरालाई पक्राउ गरेको छ ।
जिल्लाको महाकाली नगरपालिका १ अन्तरर्गत पर्ने लास्कु खोलाको पारीपट्टीबाट प्रहरीले मंगलबार राति १२ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का वर्ष ५७ का टोपजङग गिरी र उनका २० वर्षीय छोरा उत्सव गिरी रहेका छन् ।
उनीहरुलाई अपि नाम्पा संरक्षण क्षेत्रबाट प्रकाउ गरिएकाले दुबै जनालाई थप अनुसन्धान लागि अपि नाम्पा संरक्षण क्षेत्रको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।