अमेरिकी अदालत रिपब्लिकनको कब्जामा, यमी ११५ औं न्यायाधीश
अनिलभक्त खरेल,
प्रकाशित २०७७ असोज १४ बुधबार
30
Shares
अमेरिका। सेप्टेम्बर २७ शनिबारका दिन ४८ बर्षीया एमि कोनी ब्यारेटलाई ११५ औं न्यायाधीशमा छनौट प्रस्ताव गरिएको छ । सन् १७८९ मा गठन भएको सुप्रिम कोर्टको २३१ वर्षे अबधिमा यसअघि ११४ जना न्यायाधीश भैसकेका छन् ।
रिपब्लिकनहरुको स्पष्ट बहुमत रहेको सिनेटबाट राष्टपतिको सो प्रस्ताव सजिलैसंग अनुमोदन हुने भएकोले यमी अमेरिकाको ११५ औं न्यायाधीश हुनेछिन् । यमी ११५ औं न्यायाधीशको अलवा ५ औं महिला न्यायाधीश पनि भएकी छिन् । रोनाल्ड रेगनले पहिलो पटक महिलालाई न्यायाधीशमा नियुक्ति गरेका थिए ।
यसरी पहिलो पटक अमेरिकाको सुप्रिम कोर्टमा न्यायाधीश हुने भाग्यमानी महिला सान्ड्रा डे ओकेन्रर रहेकी थिइन् । उनी २४ वर्ष १२८ दिन न्यायाधीश भएर रिटायर्ड भएकी थिइन् । हालै निधन भएकी रुथ बडेर गिन्सवर्ग दोश्रो न्यायाधीश थिइन् ।
बाराक ओबाले आफ्नो ८ वर्षे कार्यकालमा नियुक्ति गरेका न्यायाधिश दुबै महिला नै थिए । बाराक ओबामाले अगष्ट ९ मा सोनो सोटोमेयर तथा अगष्ट २०१० इलेन कागनलाई नियुक्ति गरेका थिए जो हाल पनि निरन्तर छन् । जसका कारण सन् २०१० देखि सुप्रिम कोर्टमा निरन्तर ३ महिला न्यायाधीश रहँदै आएका छन् ।
चुनावी प्रक्रिया सुरु भैसकेको अवस्थामा राष्टपतिले अहिले न्यायाधीश छनौट गर्नुहुन्न भन्ने डेमोक्रेटहरुले आपत्ति जनाउँदा जनाउँदै पनि सेप्टेम्बर २७ शनिबारका दिन ४८ बर्षीया एमि कोनी ब्यारेटलाई न्यायाधीशमा छनौट प्रस्ताव गरिएको छ । सो प्रस्ताव गरेसंगै अमेरिकाको सुप्रिम कोर्टमा रिपब्लिकनबाट नियुक्ति न्यायाधीहरुको संख्या ६ अर्थात् २ तिहाई पुगेको छ । योसँगै सुप्रिम कोर्ट रिपब्लिकनको कब्जामा पुगेको छ। ९ सदस्यीय सो अदालतमा रिपब्लिकन पक्षधर ६ र डेमोक्रेटिक पक्षधरको संख्या ३ रहेको छ ।
डेमोक्रेटीकको पक्षमा अब विल क्लिन्टनले नियुक्ति गरेका १, ओबामाले नियुक्ति गरेका २ न्यायाधीश मात्र बाँकी रहेका छन् । रिपब्लिकनको पक्षमा भने जर्ज बुसका बाबु छोराले नियुक्ति गरेका एक एक जना न्यायाधीश र १ प्रधान न्यायाधीश गरि ३ तथा ट्रम्पले नियुक्ति गरेका ३ न्यायाधीशसंगै रिपब्ल्किनहरुले नियुक्ति गरेका न्यायाधीशको संख्या ६ पुगेको हो । चुनावको पुर्व सन्ध्यामा सुप्रिम कोर्टमा रिपब्लिकनहरुको बाहुल्यता हुनुलाई अर्थपुर्ण र शंकाको दृष्टिले समेत हेरिएको छ ।
कोरोनाका कारण हुलाक मार्फत अमेरिकामा मतदान सुरु भैसकेको छ । अमेरिकाको हुलाकले मतपत्र संकलनको प्रयोजनको लागि अस्थाई कामदारहरु भर्ना गरिसकेको छ । त्यही भर्ना गरिएकै अस्थाई कामदारबाट मतपत्रहरुको हेल्चेक्रयाईका कारण पेन्सलभेनियामा ट्रम्पको पक्षमा खसालिएका केही मतपत्रहरु फोहोर फाल्ने ठाउँमा भेटिएको रिपब्लिकनहरुले यसैलाई प्रमुख मुद्दा बनाईरहेका छन् ।
एकातर्फ राष्टपतिले आफुले चुनाव नहार्ने र हारेपनि सजिलै नस्वीकार्ने बताइरहेको अवस्थामा भोली चुनावको परिणाम आफ्नो अनुकुलमा नआउने थाहा पाउने बित्तिकै रिपब्लिकनहरुले सुप्रिम कोर्टमा मुद्दा हाले भने के हुन्छ ? ती रिपक्लिकनहरुले नियुक्ति गरेका न्यायाधीहरुले कस्को पक्षमा निर्णय सुनाउलान् त्यो त समयले बताउला ।
यस अघि सन् २००० मा एल गोर र बुस बीच फ्लोरिडा राज्यमा भएको चुनावी परिणामलाई लिएर सुप्रिम कोर्टमा मुद्दा पर्दा अदालतले बुसको पक्षमा फैसला सुनाएको थियो । सो बेलामा पनि रिपब्लिकनहरुको पक्षमा २ तिहाईनै न्यायाधीश रहेका थिए । सो समयमा रोनाल्ड रेगनले नियुक्ति गरेको प्रधान न्यायाधीश र ३ न्यायाधीश तथा जर्ज डब्लु बुसले नियुक्ति गरेका २ न्यायाधीश सहित ६ न्यायाधीश रहेका थिए । अहिलेको दुई तिहाई बाहुल्यता रहेको अदालतले के के गर्ने हो प्रतिक्षा गरौं ।