काठमाडौं । मंगलबार ९ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार ५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५ रुपैयाँ प्रतितोलाका दरले बढ्दै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको थियो ।
बुधबार नेपाली बजारमा तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।
मंगलबार उक्त मूल्य ९३ हजार ७ सय रुपैयाँ प्रतितोला रहेको थियो ।
बुधबार नेपाली बजारमा चाँदीको मूल्यमा समेत १५ रुपैयाँले वृद्धि भएको छ ।
मंगलबार प्रतितोला ११ सय ७५ रुपैयाँका दरले रहेको चाँदीको मूल्य बुधबार प्रतितोला ११ सय ९० रुपैयाँका दरले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।