रौतहट। रौतहटमा बाघको आक्रमणमा परि चन्द्रपुर ६ का २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।
भण्डारीको कम्मर भन्दा तलको भाग बाघले खाएको अवस्थामा रंगपुर साझेदारी वन क्षेत्रको जंगलमा शव फेला परेको डीएसपी शाहीले बताए । बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा , ३५ बर्षिय प्रबिण श्रेष्ठ रहेका छन । उनिहरुको पाखुरा, छाती, हातमा चोट लागेको छ ।
भण्डारी जंगलमा हराएपछि गाँउका १०-१२ जना युवाहरु मंगलबार राति खोज्न गएका थिए । खोज्न गएका युवाहरुलाइ सत्यारी जंगलको तीनकुवा बन क्षेत्रमा बाघले आक्रमण गरेको घाईतेहरुले बताए । बाघले आक्रमण गरेपछि उनीहरुले खाल्टोमा हाम्फालेर ज्यान बचाएर भागेका थिए ।
बुधबार बिहान पुनःप्रहरी र स्थानीयहहरु भण्डारीलाई खोज्न जाने क्रममा उनको शव फेला परेको डीएसी शाहीले बताए । घाइतेहरु भने मंगलबार रातिनै चन्द्रपुर अस्पतालमा उपचार गरेर डिस्चार्ज भईसकेका छन् ।