काठमाडौं । गीतकार भीम बिसीको नयाँ गीत ‘झम्क्या बुँलाकी’ युटुबमा सार्वजनिक भएको २४ घण्टा नपुग्दै ४ लाख भन्दा बढी भ्यु भएको छ । मंगलबार युट्युबमा सार्वजनिक भएको ‘झम्क्या बुँलाकी’ बुधबार दिउँसो यो समाचार तयार पर्दासम्म २३ घण्टामा ४ लाख २४ हजार भन्दा बढीले हेरेका हुन् ।
उदयराज पौडेलले एरेन्ज गरेको गीतमा टेक बिसी र अस्मिता अधिकारीको स्वर रहेको छ भने मिक्सिङ श्याम श्वैत रसाइलीले गरेका हुन् ।
नितिन चन्दले निर्देशन तथा सम्पादन गरेको म्युजिक भिडियोको कोरियोग्राफी राजिभ समरले गरेका छन् ।
रुपेश थापाले छायांकन गरेको गीतमा कलाकार बुद्धि तामाङ ‘हैट’, सुधिर, दमन, विशाल, श्रेया, उषा र समिक्षालगायतले अभिनय गरेका छन् ।
भीम बिसीका एकान दुइकान मैदान, झुमा झुमा, बस बस रे लगायतका अन्य गीत पनि सार्वजनिक छन् ।