नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट बुधवार दिउँसो २ बजे भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित थप एकजना महिलाको मृत्यु भएको भेरी अस्पतालले जानकारी दिएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा नेपालगन्ज १ की ३५ बर्षकी महिला हुन् । मृतक महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि असोज २ गते भेरी अस्पतालमा भर्ना गरिएको र उनको असोज ३ गते कोरोना पोजेटिभ देखिएको थियो।
त्यसपश्चात् उनलाई कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । मृतक महिलाको दुवै फोक्सोमा निमोनिया समेत भएको थियो । बाँकेमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।