arrow

प्याजमा कालो बजारी गर्ने ४ जना दुई हप्तादेखि हिरासतमा, अनुगमन गरेपछि प्याजको मूल्यमा १८ प्रतिशतको गिरावट

काँग्रेस उपमेयर हरिप्रभा खड्कीको एक्सन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १४ बुधबार
onion.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले प्याजमा भइरहेको कालोबजारीप्रति एक्सन लिँदै कालोबजारी गर्ने ४ जना व्यवसायी हिरासत पु¥याएकी छिन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै गत भदौ अन्तिम साता काठमाडौं बजारमा प्याजमा कालोबजारी भइरहेको गुनासो बढेपछि उपमेयर खड्कीले एक्सन लिँदै कालोबजारी गर्ने ४ जनलाई व्यवसायीलाई हिरासत पु¥याएकी हुन् ।

महानगरको उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी खड्कीले बुधबार पत्रकार सम्मेलन गर्दै कालोबजारी गर्ने ४ जना अझै पनि न्यायिक हिरासतमा रहेको जानकारी गराएकी हुन् ।

विगत ३ हप्तादेखि महानगरपालिकाको उपभोक्ता समितिले अनुगमन गरेको र अनुगमनको प्रभाव रामै्र परेको बुधबार पत्रकार सम्मेलनमा वितरण विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘यस अवधिमा किराना पसलतर्फ खुद्रा, होलसेल र गोदाम, तरकारी तथा फलफुल बजारको अवस्था हेरिएको थियो’ विज्ञप्तिमा भनिएको छ, ‘अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफुल बजारका २ र बल्खु तरकारी तथा फलफुल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा छन् ।’

खड्कीका अनुसार ती व्यवसायीले ४६ रुपैयाँ प्रतिकेजीका दरले प्याज किनेर कृतिम अभाव सृजना गर्दै १३० रुपैयाँ प्रतिकेजीसम्म बिक्री गर्ने गरेका थिए ।

ती व्यवसायीहरुबाट महानगरले बरामद गरेको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बिक्री भइरहेको छ । ‘सबै खर्च कटाएर अधिकतम ६० रुपैयाँ प्रतिकिलोका दरले प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्रबन्ध गरिएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महानगरपालिकाको उपभोक्ता समितिले अनुगमन तिब्र पारेपछि प्याजको मूल्यमा करिब १८ प्रतिशतको गिरावट आएको छ ।

भदौ २९ गते देखि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि भदौ ३१ म औषत १ सय १९ रुपैयाँ प्रतिकेजीका दरले थोक मूल्य पुगेको कालीमाटीमा बुधबार औषत थोक मूल्य प्रतिकेजी ९८ रुपैयाँका दरले रहेको छ ।

कालीमाटी फलफुल तथा तकारी व्यवस्थापन समितिले दिएको जानकारी अनुसार अनुगमनपछि दुई हप्ताको अन्तरालमा घटेको उक्त मूल्य १७ दशमलव ६५ प्रतिशतको गिरावट हो ।



लोकप्रिय समाचार
नयाँ