arrow

बिहीबार देखि काठमाडौंमा सुपथ मूल्य पसल, आपूर्ति मन्त्रालयले गर्यो छुट घोषणा!

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १४ बुधबार
sahuliyat.jpeg

काठमाडौं । सरकारले बिहीबार देखि काठमाडौं उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभिन्न सामानको उपभोग्य मूल्यमा छुट घोषणा गर्दै जानकारी गराएको हो ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले दिएको जानकारी अनुसार बिहीबार देखि काठमाडौं उपत्यकाका ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउन लागेका छन् ।

मन्त्रालय मातहका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सञ्चालनमा आउन लागेका सुपथ मूल्य पसलहरुबाट सामान खरिद गर्दा अन्य पसलको तुलनामा सस्तो पाइने छ ।

बुधबार घोषणा गरिएको छुट अनुसार नुन प्रतिकेजी १८ रुपैयाँका दरले एउटा परिवारलाई ४ केजी मात्रै खरिद गर्न मिल्ने छ ।

त्यस्तै चिनी ७० रुपैयाँ प्रतिकेजीका दरले प्रति परिवार ४ केजीका दरले खरिद गर्न पाउने सहप्रवक्ता केसीले जानकारी दिइन् ।

त्यस्तै घ्युको मूल्य सकारले ८ सय ७० रुपैयाँ प्रतिलिटर निर्धारण गरेको छ ।

केसीका अनुसार दशैं तिहार लक्षित गर्दै चामलको प्रतिकेजी ५ रुपैयाँ, खसी, बाख्रा, च्याङ्ग्राको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट पाइने छ ।

दालमा प्रतिकेजी ५ रुपैयाँ, सिमीमा प्रतिकेजी १० रुपैयाँ, फाँपर, तितेफाँपर, केराउमा प्रतिकेजी ५ रुपैयाँका दरले छुट दिइने सरकारले जानकारी दिएको छ ।

No description available.



लोकप्रिय समाचार
नयाँ