arrow

बुधबार उपत्यकामा ९ सय २ सहित पन्ध्र सय उन्साठीमा संक्रमण, ७ जनाले गुमाए ज्यान

logo
प्रकाशित २०७७ असोज १४ बुधबार
ministry-covid-corona-press-meet.jpg

काठमाडौँ । गत २४ घण्टामा एक हजार ५५९ मा कोरोना पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको जानकारी दिएका छन् ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकामको काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएका हुन्। 

२४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५७ रहेको छ। हालसम्म देशभरि जम्मा उपचाररत संक्रमितहरुको सङ्ख्या २० हजार ८९१ छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ८७ छ । यसमा प्रदेश १ मा ३५६, प्रदेश २ मा ६१६, बाग्मती प्रदेशमा सात हजार ६३, गण्डकी प्रदेशमा ४८१, प्रदेश ५ मा ८७७, कर्णाली प्रदेशमा ३३५ र सुदूरपश्चिम प्रदेशमा ३५९ जना छन् ।

प्रवक्ता गौतमका अनुसार होमआइसालेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ५०५, प्रदेश २ मा ५७७, बाग्मती प्रदेशमा छ हजार ५५५, गण्डकी प्रदेशमा ४८९, प्रदेश ५ मा एक हजार २६५, कर्णाली प्रदेशमा २६५, सुदूरपश्चिम प्रदेशमा १४८ जना गरी जम्मा १० हजार ८०४ जना रहेको छ । 
    
विगत २४ घण्टामा गरिएको पिसीआर परीक्षण १२ हजार २०५ मा गरिएको छ । त्यो सँगै हालसम्म १० लाख २१ हजार ५०३ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या पाँच हजार ४२८ छ । प्रदेश अनसार प्रदेश १ मा ५५६, प्रदेश २ मा १५७, बाग्मती प्रदेशमा ५००, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार १९७, कर्णाली प्रदेशमा ६८९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६८८ जना छन् । 
    
संक्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार ४२८ जना रहेको छ । प्रदेश १ बाट पाँच हजार ९४, प्रदेश २ बाट १३ हजार ७३९, बाग्मती प्रदेशबाट १५ हजार ७०५, गण्डकी प्रदेशबाट तीन हजार ३४८, प्रदेश ५ बाट आठ हजार ७५९, कर्णाली प्रदेशबाट दुई हजार ९१५, सुदूरपश्चिम प्रदेशबाट छ हजार ८६८ जना छन् । कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७२.५ प्रतिशत छ । देशैभरि आइसियुमा उपचाररत बिरामीको सङ्ख्या २०१ छन् । भेन्टिलेटरमा उपचारत सङ्ख्या जम्मा ३० रहेको छ । 
    
पाँच सयभन्दा बढी संक्रमित रहेको जिल्लाहरुमा मोरङ, सिरहा, सुनसरी, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही गरी आठ जिल्ला छन्  । कोभिड–१९ शून्य भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु रहेका छन् । विश्वमा हालसम्मको तथ्याङ्क हेर्दा तीन करोड ३८ लाख ५२ हजार ४८ जना व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन्  । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० रहेको छ ।

पछिल्लो २४ घन्टामा कोभिड–१९ बाट सातजनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ सय ९८ पुगेको छ । काठमाडौंमा २ महिला र १ पुरुष, सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीमा १-१ पुरुषको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
नयाँ