आईपीएलः राजस्थानको अपराजित यात्रामा पूर्णविराम, कोलकाता विजयी
प्रकाशित २०७७ असोज १५ बिहिबार
96
Shares
काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा राजस्थान रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । राजस्थानको हारसँगै अब आईपीएलको यो संस्करणमा अपराजित हुने कुनै पनि टिम बाँकी रहेनन् ।
बुधबार रातिको खेलमा राजस्थान कोलकाता नाइट राइडर्ससँग पराजित भएको हो । राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकाताले दोस्रो जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
टम करनले ५४, जोस बट्लरले २१ तथा राहुल टेवाटियाले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २–२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।