काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारलाई डा गोविन्द केसीका माग पूरा गर्न अपील गरेका छन् ।
सामाजिक संजाल ट्वीरटमा उनले डा केसीका माग आम नेपालीको स्वास्थ्य र जनसरोकारका विषयसँग सम्बन्धित रहेको भन्दै माग पूरा गरेर जीवन रक्षा गर्न माग गरेका हुन् ।
उनले सरकारलाई प्रश्न गरेका छन्, – माग पूरा गरेर डा केसीको जीवनरक्षा गर्दा सरकारको के अहित हुन्छ ?
यसो लेखेका छन् उनले ट्वीटरमा–
‘डा. केसीले राखेका माग आम नेपालीको स्वास्थ्य सेवाको सर्बसुलभता र गुणात्मक सुधार लगायत जनसरोकारका बिषयसंग सम्बन्धित छन् । माग पूरा गरेर डा. केसीको जीवनरक्षा गर्दा सरकारको के अहित हुन्छ ? सरकारको शिर निहुरिन्छ कि जनता प्रति उत्तरदायी भएको सन्देश जान्छ ? समयमै होस खोल सरकार ।’
डा केसी गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका छन् । उनको स्वास्थ्य गम्भीर छ ।