काठमाडौं । भारतमा फेरि कोरोना भाइरसका संक्रमित बढेका छन् । भारतमा बुधबार कोरोनामुक्त हुने भन्दा संक्रमित हुने बढेका हुन् ।
बुधबार ८६ हजार ७४८ कोरोनाका संक्रमित थपिएका छन् । कोरोना संक्रमित अहिलेसम्म भारतमा ६३ लाख १० हजार २६७ पुगेको छ ।
सक्रिय संक्रमित ९ लाख ४० हजार ६४४ पुगेका छन् ।
बुधबार ८५ हजार २७४ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुने ५२ लाख ७० हजार ७ जना कोरोनामुक्त भएका छन् ।
बुधबार १ हजार १७९ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने ९८ हजार ७०८ पुगेका छन् ।
भारतमा परीक्षण भने उल्लेख्यमात्रामा भइरहेको छ ।