आफ्नो सुविधाका लागि प्रधानमन्त्रीले मन्त्रालय फुटाउन खोजे आन्दोलन – रामचन्द्र पौडेल
प्रकाशित २०७७ असोज १५ बिहिबार
101
Shares
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप गरेर मन्त्री पद बाँड्ने गैर जिम्मेवार प्रवृत्ति संविधानको मर्म विपरित भएको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले सामाजिक संजालमा प्रतिक्रिया लेख्दै प्रधानमन्त्रीले पटक पटक मन्त्रालय विभाजन गरि मन्त्री पद बाँड्ने प्रवृतिलाई नयाँ संविधानले अन्त गर्न खोजेको स्पष्ट पारेका छन् ।
उनले देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएको आरोप पौडेलले लगाएका छन् ।
उनले कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था भएका बेलामा जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकेको अवस्थामा मन्त्रालय बढाउने काम गरिए नेपाली कांग्रेस सरकारको सो कामका विरुद्धमा उत्रने चेतावनी समेत दिएका छन् ।