काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा शंकरदास बैरागी नेपाल सरकारको मुख्यसचिव भएका छन् ।
निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दैै ओलीले बैरागीलाई नयाँ मुख्यसचिव बनाएका हुन् ।
रेग्मीको कार्यकाल कार्तिक ६ गते सकिने भए पनि उनलाई अग्रिम राजीनामा गर्न लगाई ओलीले बैरागीलाई मुख्यसचिव दिएका हुन् ।
रेग्मीलाई बेलायतको राजदूतको अफर गरेर बैरागीलाई मुख्यसचिव बनाइएको हो । यसो गर्दा विभिन्न विधि र विधान मिचेको आरोप ओलीमाथि लागेको छ ।
यी समाचार पनि पढ्नुस्