काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले खतिवडालाई अमेरिकाको राजदूत बनाएको हो ।
यसअघि राष्ट्रिय सभा सदस्य बन्न नपाउने भएपछि उनको अर्थ तथा संचार मन्त्रीको पद गएको थियो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आर्थिक सल्लाहकार बनाएका थिए ।