arrow

लडेर घाइते महिला र उपचार गराइरहेका पुरुषको कोरोनाबाट कोहलपुरमा मृत्यु

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
Dead_Body.jpg.jpeg

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ।मृत्यु हुने नेपालगन्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका-८ का ७५ वर्षीया महिला रहेका छन् । 

नेपालगन्जका ५२ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि असोज १० गते कोरोना परीक्षणका लागि स्वाव संकलन गरीएको थिए । १२ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । 

रेमडिसिभिर औषधिको प्रयोग गरी उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नदेखीएका ति पुरुषको बिहीबार विहान साढे पाँच बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन । मृतकको दुवै फोक्सोमा निमोनिया भएको थियो ।

त्यस्तै लडेर घाइते भएपछि उपचारकालागि कोहलपुर ल्याइएकी सुर्खेत भेरीगंगा नगरपालिकाकी महिलालाई कोरोना संक्रमण देखिएको थियो । असोज ६ गते अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण गर्दा ८ गते रिर्पोट पोजेटिभ आएको थियो । तत्काल उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । 

उनको उपचारकै क्रममा बिहिबार बिहान १ बजे मृत्यु भएको हो । उनी दम र मृगौला रोगबाट पीडित थिइन् । उनको असोज १२ गते मृगौलाको डाइलासिस समेत गरिएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
 



लोकप्रिय समाचार
नयाँ