arrow

प्रतिष्ठान पुर्‍याइएको १५ मिनेट मै पुरुषको मृत्यु, बिहिबार संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
corona-killed-final.jpg

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । 

उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो । ज्वरो, खोकी र  श्वासप्रश्वाशमा कठिन भएपछि बुधबार प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । कुनै दीर्घ रोग नभएका उनलाई निमोनियासमेत भएको थियो । 

बुधबार राति प्रतिष्ठानमा ल्याइएको १५ मिनेटपछि उनको मृत्यु भएको थियो ।  उनको बिहिबार कोरोनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता सापकोटाले बताए । यससँगै बिपी प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको सङ्या ३८ पुगेको छ । 



लोकप्रिय समाचार
नयाँ