arrow

राजदूत नियुक्ति सिफारिसले दुई अध्यक्षको भेट स्थगित, विवाद सुल्झने भन्दा बल्झनेतर्फ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १५ बिहिबार
kp-prachanda-mask.gif

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र स्थायी कमिटीको निर्णय विपरित सरकारले नियुक्ति गरेको भन्दै विवाद बल्झने देखिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूत लगायतका नियुक्तिहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहविना गरेपछि विवाद बल्झने देखिएको हो । विहिवारको मन्त्रिपरिषद बैठकले बेलायत र अमेरिकाको राजदूत सिफारिस गरेकामा प्रचण्डले घुमाउरो पाराले असन्तुष्टि जनाएका छन् ।

मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूत र प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई बढुवा गरिएको छ । स्थायी कमिटी बैठकले दुई अध्यक्षको परामर्श एवं सचिवालय सदस्यहरुको सल्लाहमा ठूला नियुक्ति गर्ने निर्णय गरेको थियो । तर प्रधानमन्त्री ओलीले कसैसँग पनि परामर्श नगरी डा. खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा नियुक्ति गरेका थिए । 

दुई अध्यक्षबीच वालुवाटारमा निरन्तर संवाद जारी रहेकै समयमा सरसल्लाह नगरेरै राजदूत सिफारिस गरिएपछि ओली प्रचण्डबीचको भेटवार्ता नै पनि अनिश्चित बनेको छ । ‘ राजदूत नियुक्तिको सल्लाह पनि भएन मन्त्रिपरिषद पुर्नगठनमा पनि अलमल छ, सल्लाह र सहमतिमा अगाडि बढ्नुपर्नेमा, त्यसो हुन सकेन, त्यसैले आज दिउँसो हुने भनिएको भेटवार्ता नै अनिश्चित बनेको छ। बेलुकीसम्म नयाँ कुरा आएमा भेटवार्ता सम्भव होला’, खुमलटार निकट स्रोतले भन्यो ।

ओली प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि मापदण्ड बनाउने विषयमा विवाद बढेको छ । ओलीले आफू निकटका व्यक्तिलाई मन्त्री कायमै राख्ने योजना बनाएका छन् भने प्रचण्डले एक पटक सबैलाई फिर्ता गरेर दोहोर्याउनु पर्नेमा जोड दिएका छन् । कुरा नमिलेपछि हिजो हुने भनिएको भेटवार्ता पनि स्थगित गरिएको थियो । दुई दिनदेखि ओली प्रचण्ड छलफल हुन सकेको छैन । मन्त्रिपरिषद बैठक सकिएपछि विहिबार दिउँसोलाई तोकिएको थियो तर अचानक राजदूत नियुक्तिको सिफारिसले भेटवार्ता नै स्थगित भएको हो ।



लोकप्रिय समाचार
नयाँ