arrow

आयल निगम प्रमुख पौडेललाई कोरोना पुष्टि

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १५ बिहिबार
surendra-kumar-poudel-noc.jpg

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार परिक्षणका लागि स्वाब दिएका पौडेलको परिक्षणको रिपोर्ट पोजिटिभ आएपछि उनमा काेराेना पुष्टि भएको हो ।

लाजिम्पाटस्थित सुरिया हेल्थ केयरमा गरिएको परिक्षणका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनी हाल आइसोलेसनमा छन् ।

उनको सचिवालय लगायत निगमका कर्मचारीलाई निगमले कोरोना परिक्षण गर्ने व्यवस्था गरिदिने भएको निगम स्राेतले जनाकाे छ ।  सामान्य रुघाखोकी र अलीअली ज्वरो आएको निर्देशक पौडेलले बताए ।

पछिल्लो समय पौडलेको सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गर्दै निगमले विज्ञप्त जारी गर्ने तयारी गरेकाे स्रोतले बताएको छ ।



लोकप्रिय समाचार
नयाँ