arrow

उपत्यकामा ९ सय ४३ सहित उन्नाइस सय एघारमा संक्रमण, ११ जनाको मृत्यु

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
ministry-covid-corona-press-meet.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षणका क्रममा उक्त सङ्ख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहिबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका ९ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ८ सय १७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना रहेका छन् । सोही अवधिमा भाइरस संक्रमण भई घर फर्किनेको सङ्ख्या ९६१ जना रहेको छ । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५७ हजार ३८९ रहेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट निधन हुनेको सङ्ख्या ११ रहेको छ जसमा १० पुरुष र एक  महिला छन् । योसँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या ५ सय ९ पुगेको छ ।

मृत्यु हुनेमा सुनसरीको ५६, ५० र २७ वर्षीय पुरुष, काठमाडौँका ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरको ६८ वर्षीय पुरुष र ललितपुरको ४८ वर्षीय पुरुष छन् । यसैगरी बाँकेकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २१ हजार ८ सय ३० जना सक्रिय संक्रमितमध्ये ११ हजार ६९ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा १० हजार ७ सय ६१  छन् । मन्त्रालयका अनुसार देशभर २ सय २० जना कोरोना संक्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् । क्वारेन्टिनमा पाँच हजार ७७ जना छन् । 



लोकप्रिय समाचार
नयाँ