काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितलेको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी डिेजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आइओसी)बाट डिजेल र मिट्टतेलको मूल्य घटेर आएकाले मूल्य घटेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ ।
पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य अलिकति बढेर आएपनि निगमले नबढाएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।