अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको बीउ वितरण शुरु गरेको छ । कृषकको मागका आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, काउली, ब्रोकाउली, प्याज र केराउको बीउ वितरण गर्न शुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए ।
कृषकलाई बीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषिको विकासबिना आर्थिक समृद्धि सम्भव नभएको बताए । उपप्रमुख ठाकुरकुमार विकले कृषि पेशालाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन सबैलाई आग्रह गरे ।