arrow

प्रशारण लाइनमा बारम्बार समस्या आउँदा मोलुङ हाइड्रोपावरको विद्युत उत्पादनमा ह्रास

बैंकको ब्याज मात्रै तिर्न ठिक्क, कम्पनीले नाफा कमाउन नसक्दा स्थानीय शेयर लगानीकर्ता लाभांशबाट वञ्चित 

logo
लिला सुनुवार, 
प्रकाशित २०७७ असोज १६ शुक्रबार
molung-hydropower.jpg

ओखलढुंगा । ओखलढुंगाको मोलुङ खोलामा मोलुङ हाइड्रोपावर कम्पनीद्धारा सञ्चालित ७ मेगावाट क्षमताको मोलुङ हाइड्रोपावरले आफ्नो क्षमताको शतप्रतिशत विद्युत उत्पादन गर्न नसकेको विद्युत उत्पादन कम्पनीले जनाएको छ । 

ओखलढुंगा–बुइपा ३३ केबी प्रशारण लाइनमा बारम्बार आउने समस्या र विद्युत उत्पादन भैरहेको खोलामा सर्वे गर्ने बेला भन्दा हाल बर्षायामको समय बाहेकको समयमा पानीको मात्रा निकै घटेकाले शतप्रतिशत विद्युत उत्पादन गर्न नसकिएको मोलुङ हाइड्रोपावर कम्पनीका सञ्चालक नविन महर्जनले बताए ।

ओखलढुंगा ड्डबुइपा र बुइपाड्डजलजले प्रशारण लाइनमा बारम्बार रुख र बाँसका पातले तारमा छुने र यसरी प्रशारण लाइनको तारमा बोट बिरुवाले छोएको बखत विद्युतगृहमा ट्रिप खान पुगी विद्युत उत्पादन बन्द हुने कम्पनीले जनाएको छ । 

२०७४ साल चैत १२ गतेबाट विद्युत उत्पादन सुरु गरेको विद्युत कम्पनीले आर्थिक बर्ष ७४–७५ मा ४३ प्रतिशत, ७५–७६ मा ५८ प्रतिशत र ७६–७७ मा ७०.५ प्रतिशत मात्रै विद्युत उत्पादन गरेको मोलुङ हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सुवास चन्द्र झाले बताए ।
 
कम्पनीले कुल उत्पादन क्षमताको सतप्रतिशत विद्युत उत्पादन गर्न नसक्दा आर्थिक बर्ष ७४–७५ मा ३ करोड २५ लाख ९१ हजार ५ सय, ७५–७६ मा २ करोड २८ लाख ६१ हजार ८ सय र ७६–७७ मा २५ लाख २८ हजार गरी हालसम्ममा ५ करोड ७६ लाख ८१ हजार ३ सय रुपैयाँ बराबरको नोक्सान कम्पनीलाई भएको आयोजना प्रमुख झाले बताए । 

कुल १ अर्ब ४५ लाखमा निर्माण सम्पन्न भएको मोलुङ हाइड्रोपावरमा ४ वटा बैंकको १ अर्ब ३ करोड ऋण लगानी रहेको कम्पनीले जनाएको छ । 

विद्युत उत्पादनमा ह्रास आएकोले कम्पनीले बैंकको ब्याज मात्रै तिर्न सकिएको र कम्पनीले नाफा कमाउन नसक्दा स्थानीय शेयर लगानीकर्ताहरुलाई लाभांश दिन नसकिएको कम्पनीले जनाएको छ ।

विद्युत प्राधिकरण ओखलढुंगाका प्रमुख संजिब शाहले ओखलढुंगा ड्डबुइपा र बुइपाड्डजलजले प्रशारण लाइनको अधिकांश भाग जङगलमा पर्ने भएकाले विद्युत लाइनमा रुख बिरुवाले छुने समस्या रहेको र लाइनमा रहेका रुखहरु चाँडै हटाउने योजना रहेको बताए । 

यसैगरी एक सय बत्तिस केबी क्षमताको प्रसारण लाइन निर्माणको क्रममा रहेको र उक्त प्रशारण लाइन बिस्तार सम्पन्न भएपछि ३३ केबी प्रसारण लाइनमा देखिएको समस्या समाधान हुनेसमेत प्रमुख शाहले बताए ।



लोकप्रिय समाचार
नयाँ