arrow

पूर्वराष्ट्रपति यादवले भेटे अनसनरत डा. केसीलाई, गम्भीर भएर सोच्न सरकारलाई आग्रह

महात्मा गान्धीसँग केसीको तुलना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
dr_kc_-_dr_yadav._._._.jpg

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् । १९औं सत्याग्रहको १९ औं दिन शुक्रबार बिहान शिक्षण अस्पताल महराजगञ्ज पुगेर पूर्वराष्ट्रपति यादवले डा. केसीलाई भेटका हुन् ।

विश्व अहिंसा दिवसको उपलक्ष्यमा यादवले सत्याग्रही डा. केसीलाई भेटेर आफ्ना धारणा राख्दै स्वास्थ्य हेरेर अनसन तोड्न पनि आग्रह गरे । सत्याग्रही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण दिँदै यादवले केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

केसीको मागप्रति ऐक्यबद्धता जनाउन विगतका अनसनमा पनि भेट गरेका र आज अहिंसा दिवसको संयोग परेर भेट्न समेत आएको यादवले बताए ।

डाक्टरको केसीको स्वास्थ्य संवेदनशीलताको अत्यन्तै चिन्ता गर्दै सबैलाई सतर्क र साबधान रहेर उपचार तथा हेरचाह गरि राष्ट्रको अमुल्य निधी केसीलाई बचाउन यादवको आग्रह थियो ।

केसीको हेरचाह गर्नेदेखि उपचार गर्ने सबैको प्रसंशा गर्दै सरकारलाई गम्भीर भएर केसीको मागका बारेमा सोच्न यादवले आग्रह गरे ।



लोकप्रिय समाचार
नयाँ