arrow

गान्धीले नगर्नु भनेका ७ पाप

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
mahatma-gandhi.jpg

काठमाडौं । अक्टुबर २ महात्मा गान्धीको जन्मदिन ।  महात्मा गान्धीले पछिल्लो कालखण्डमा अहिंसाको माध्यमबाट नै राजनीतिक परिवर्तन सुनिश्चित छ, बाटो भने प्रष्ट पारिदिएका थिए । 

गान्धीले ७ वटा पापबाट जगत जोगिनुपर्छ भनेका थिए  ।  गन्धीले सिद्धान्तविहिन राजनीति, चरित्रहीन ज्ञान, विवेकहिन सुखको कुरा, त्यागहिन पूजा, श्रमहिन सम्पत्ति, मानवताहिन विज्ञान र नैतिकताहिन व्यापारबाट बच्नुपर्छ, भनेका छन् । गान्धीले घृणालाई कहिल्यै महत्व दिएनन् ।

यही दिन विश्वभर अहिंसा दिवस पनि पर्छ । विश्व हिंसात्मक धारामै रहेकामा अंहिसावादीहरु चिन्तित छन् । २ अक्टुबरलाई अहिंसा दिवस मनाउनुपर्छ भनेर संयुक्त राष्ट्र संघले सन् २००७ देखि यो घोषणा गर्‍यो । ११ वर्ष अघि अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन सुरु भयो । महात्मा गान्धीको जन्म दिन २ अक्टुबरमा पर्दछ । त्यही पृष्ठभूमिमा यो दिवस मनाउन सुरु भयो ।

संसारभरि नै सद्भाव र सहिष्णुताको मूल्यको जर्गेनाका लागि आह्वान गर्दै विभिन्न कार्यक्रमसहित यो अहिंसा दिवस मनाइन्छ । विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण दिवस भर्चअल रुपमा मनाइदैछ।  अहिंसात्मक धारा भनेकै गौरवमय धारा हो । सद्भावलाई हटाएर अहिंसाको कल्पना गर्न सकिन्न । घृणाको धाराले हिंसालाई जन्माउँछ, अहिंसात्मक धाराले चाहिँ गौरवमय जीवनलाई सार्थकसिद्ध पार्दछ ।



लोकप्रिय समाचार
नयाँ