काठमाण्डौं ।अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ। त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमाकम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्तावऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय समक्ष पेश गरेको हो ।
त्यसबारे ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच जुममा भर्चुअलबैठक समेत भएको छ । कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालकालागि अष्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाई भेटका क्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनअनन्तले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताए । अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्रीपुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट गरे ।
कम्पनीकाअध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्रीपुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गरे ।
तीनदिने नेपाल बसाइकाक्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली, ऊर्जामन्त्रीपुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, बाणिज्य तथाआपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ । फोर्टेस्क्यू मेटल ग्रुपअष्ट्रेलियाको १० ठूला प्रसिद्धकम्पनीमध्ये एक हो ।
‘नेपालको जलविद्युतमायति ठूलो लगानीआउने र उत्पादितबिजुलीको खपतपनिआफैं गर्ने कम्पनीको प्रस्तावहामीलाई राम्रो लागेको छ’, मन्त्रीपुनले भने, ‘उहाँहरु आउनुभएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानूनी, नीतिगत र प्रक्रियागतविषयमा सम्झौता गर्छौं ।’
मन्त्रीपुनले अष्ट्रेलिया नेपालको असल र महत्वपूर्ण मित्रभएको चर्चा गर्दै नेपालको समग्र विकास तथा जलविद्युत क्षेत्रको विकासमा पुर्याउँदै आएको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गरे ।
अष्ट्रेलियाले नेपालमा पछिल्लोपटक एकीकृत नदी बेपसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उनले प्रशंसा गरे । मन्त्रीपुनले राजदूत बडको कार्यकाल कुशलता पूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामी दिनमा सम्हाल्ने जिम्मेवारी सफलताको कामना गरे ।
यस्तै राजदूत बडले आफ्नो नेपालबसाई सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएको उल्लेख गरे । उनले अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युतसहित नेपालको विविध क्षेत्रमा लगानीगर्न आह्वान गर्ने बताए ।