arrow

शुक्रबार फेला परे अहिलेसम्मकै बढी संक्रमित, डिस्चार्ज हुने पनि अहिलेसम्मकै बढी

एकै दिन २७ सय २२ जनामा कोरोना पुष्टि

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौं । नेपालमा शुक्रबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ तथा जनसँख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिनमा २७ सय २२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेको उक्त सँख्या २४ घण्टामा देखिएको संख्यामा हालसम्मकै उच्च हो ।

संक्रमितको उक्त सँख्या भेटिएसँगै मुलुकमा ८२ हजार ४ सय ५० जना कोरोना संक्रमित पुगेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको सँख्या २१ हजार २ सय ३४ जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको सँख्या पनि अहिलेसम्मकै बढी रहेको डा. गौतमले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको सँख्या ३ हजार ३ सय ७ जना रहेको छ । कोरोना संक्रमणबाट एकै दिनमा डिस्चार्ज हुनेको उक्त सँख्या आजसम्मकै बढी हो ।

पछिल्लो २४ घण्टामा मुलुकभरि १४ हजार ७ सय ३९ जनाको स्वाब पीसीआर विधिबाट परिक्षण गरिएको गौतमले जानकारी दिए ।

सो अवधिमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको र मृतकको उक्त सँख्यासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हनेको सँख्या ५ सय २० पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी गराएको छ ।



लोकप्रिय समाचार
नयाँ