रुपन्ददेही । प्रदेश नं.५ को स्थायी राजधानीका लागि दाङको राप्ती गाउँपालिका स्थित भालुवाङमा रहने गरी शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेसंगै बुटवलमा विरोध प्रदर्शन गरिएको छ ।
विरोध प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले सडक टायर समेत वालेर प्रदेश नं. ५ को स्थायी राजधानी रुपन्देहीलाई तोक्नुपर्ने आवाज उठाएका छन् । साथै उनीहरुले दाङलाई नै स्थायी राजधानी तोकिए चरणवद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन् ।
प्रदेशको नाम लुम्बिनी रहने गरी प्रदेश सभामा प्रस्ताव पेश भएको हो । शुक्रबार बसेको प्रदेश सभाको छैठौं अधिवेशन तथा २९ औं बैठकमा प्रदेश नं.५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीले सो प्रस्ताव पेश गरेका हुन् । सो प्रस्तावको विषयमा विरोध जनाउँदै बुटवलवासीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।