काठमाडौं। राजदुत नियुक्ती लगायतको बिषयमा समावेशी नभएको भन्दै मन्त्रीपरिषद वैठकमा असन्तुष्टी जनाएका संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले समाचार आएपछि भने खण्डन गरेका छन्। प्रधानमन्त्रीसँग समावेशीतालाई ख्याल गर्नुपर्ने बिषय मन्त्रिपरिषदको वैठकमा राखेको उनले मन्त्रालयमा आएर केहि निकटहरुसँग पनि राखेका थिए ।
शुक्रवार दिउँसो भने उनले आफूले समावेशीताको कुरा उठाएर प्रधानमन्त्रीसँग कुनै विवाद नगरेको बरु प्रधानमन्त्रीले नै समावेशीताको कुरा उठाएको बताएका छन्। उनले आफ्नो नाम जोडेर आएको समाचारको खण्डन गर्न सचिवालय मार्फत विज्ञप्ती नै जारी गरेका छन्।
संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको नीजि सचिवालयले हाम्राकुरा डटकममा प्रकाशित समाचारको खण्डन गर्दै जारी गरेको विज्ञप्ती यस प्रकार रहेको छः