arrow

छ दिन अघि न्यूरो भर्ना भएका पुरुषको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
corona-killed-final.jpg

सप्तरी । सप्तरीमा कोरोना संक्रमणबाट थप एक पुरुषको  मृत्यु भएको छ । मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । 

उनका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिन अघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए ।  ती पुरुषको उपचारका क्रममा शुक्रबार  मृत्यु भएको हो । 

यसअघि भक्तपुर अस्पतालमा उपचाररत् सप्तरीका ४८ वर्षीय पुरुषको हिजो साँझ संक्रमणबाट मृत्यु भएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १२ गते अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा सुनिल ढुंगेलले जानकारी दिए । 

संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको जनाइएको छ ।  सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ