arrow

तीन दिनमा ३ सय ४६ जना संक्रमित, हालसम्म १७ को मृत्यु

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
corona-test-kit.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १ सय २० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कूल संक्रमित सात हजार ४ सय ९५जना पुगेका छन् ।  प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार  सक्रिय संक्रमित बिरामी एक हजार चार जना रहेका छन् । 

 असोज महिना लगेसँगै कोरोना संक्रमितको मृत्यु दर बढ्दा पछिल्ला तीन दिनमा संक्रमणको दर पनि उच्च देखिएको छ । पछिल्लो तीन दिनमा मात्र प्रदेशमा ३ सय ४६जना संक्रमित थपिएका छन् । पछिल्लो दुई हप्तायता कैलालीमा तीन, र अछाम, डडेलधुरामा एक-एक जना समेत पाँच जनाको मृत्यु भएको छ । 

हालसम्म कैलाली जिल्लाका नौ ,अछाम, बझाङ,र बाजुराका दुई-दुई  र डडेलधुरा र बैतडीका एक-एक समेत १७ जना संक्रमितको मृत्यु भएको छ । 

 धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा  कोरोना भाइरसको स्वाब सङ्कलन केन्द्र स्थापना गरिएको छ । 



लोकप्रिय समाचार
नयाँ