झापा । नेपालमा शुक्रबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् । एकै दिनमा २७ सय २२ जनामा कोरोना पुष्टि भएको यो पहिलो हो । कोरोना पुष्टि हुनेको उक्त सँख्या २४ घण्टामा देखिएको संख्यामा अहिलेम्मकै धेरै हो । त्यस्तै पू्र्वको प्रदेश प्रदेश १ मा हालसम्मकै धेरै संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण सङ्ख्यामा यो हालसम्मकै उच्च हो ।
थपिएका संक्रमितमा मोरङका १४६ मध्ये विराटनगरमा १२३ , सुनसरीमा २३, झापामा २१, तेह्रथुममा दुई र प्रदेश बाहिर पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ती मध्ये महिला ६५ र पुरुष १३२ छन् भने विराटनगरमा थपिएका मध्येमा महिला ४७ र पुरुष ७६ रहेका छन् ।
यसप्रदेशमा कोरोना संक्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ । हालसम्म तीन हजार ४३८ निको भएर घर फर्किसकेका र एक लाख २५ हजार ६८१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।