काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । १० दिन निरन्तर कोरोनाका संक्रमित भन्दा मुक्त हुनेहरु बढिरहँदा बुधबार, बिहीबार र शुक्रबार निरन्तर संक्रमित बढिरहेका छन् ।
शुक्रबार ७९ हजार ८८३ जना संक्रमित थपिएका छन् । यसअघि बिहीबार ८१ हजार ६९३ जना संक्रमित थपिएका थिए । अहिलेसम्म भारतमा संक्रमितको संख्या ६४ लाख ७१ हजार ९३४ संक्रमित पुगेका छन् ।
शुक्रबार ७६ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५४ लाख २५ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।
हाल ९ लाख ४५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् ।
मृतक एक लाख पनि नाघेका छन् । शुक्रबार १ हजार ६८ जना थपिएसँगै मृतकको संख्या १ लाख ८७५ पुगिसकेको छ ।
संक्रमित रोकिने लक्षण नभए पनि भारतमा चलचित्रका थिएटरसम्म खोल्ने योजनामा सरकार पुगिसकेको छ ।