arrow

कोहलीको ब्याटिङ चल्यो, शीर्ष स्थानमा पुग्यो बैंगलोर

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
kohli7.jpg

काठमाडौं । कप्तान विराट कोहलीको ब्याटिङ चलेसँगै रोयल च्यालेन्जर्स बैंगलोर युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । 

तीन खेलसम्म सबैभन्दा महंगा कोहलीको ब्याटिङ नचलेर आलोचना भइरहँदा अबुधाबीमा शनिबार भएको खेलमा सर्वाधिक रन बनाएसँगै बैंगलोर शीर्ष स्थानमा पुगेको हो । 

राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९.१ ओभरमा पूरा गर्यो । 

बैंगलोरको जितमा कप्तान कोहलीले ५३ बलमा ७ चौका र ६ छक्का  सहित ७२ रनको नटआउट इनिङ्स खेले । 

कोहलीले यस खेलसँगै आईपीएलमा आफ्नो ५ हजार ५ सय रनसमेत पूरा गरेका छन् । 

यस्तै देवदुत पड्डीकलले ६२ रन बनाए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको नोक्सानीमा १ सय ५४ रन बनाएको थियो ।

महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए । म्यान अफ द म्याच बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । 

जितसँगै बैंगलोर ४ खेलबाट ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

राजस्थानको ४ खेलमा ४ अंक भएको छ । आईपीएलको पहिलो संस्करणको विजेता राजस्थानले सुरुआती दुई खेल जितेर लिगको उपाधि जित्ने ताल ल्याएको थियो । तर त्यसपछि लगातार दुई खेल हारेसँगै राजस्थानले अझै मेहनत गर्नुपर्ने देखिएको छ । 



लोकप्रिय समाचार
नयाँ