काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना सङ्क्रमण भएको छ। शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उहाँहरुको आज रिपोर्ट पोजेटिभ आएको बताइएको छ। यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, प्रधानमन्त्री निवासमा खटिएता पनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नरहेका सेनाका २८ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोरोना पुष्टि भएका सुरक्षाकर्मीको स्थानमा अन्य सुरक्षाकर्मी बदली गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए।